कैलालीमा अटो रिक्सा चालकको मृत्यु
कैलालीमा अटो रिक्सा चालकको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ८ स्थित हुलाकी सडकखण्डमा बिहीबार राति भे १ह ५४२ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर चालक भागीराम चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेर घाइते भएका चालक बर्दियाको राजापुर बस्ने ४५ वर्षीय चौधरीको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी गराए।
३० माघ २०७७, शुक्रवार १०:४७ बजे प्रकाशित












