बैतडीमा चार दिनदेखि बेपत्ता कर्मचारी मृत फेला
बैतडीको सिगासमा एक कर्मचारी मृत भेटिएका छन् । जिल्लाको सिगास गाँउपालिका वडा नं ७ का ४५ वर्षीय रामसिंह ऐर मृत भेटिएका हुन्।
चार दिनदेखि बेपत्ता भएका ऐर आज बिहान सिगास ८ को भुमिराजमाण्डौ नजिकै मृत फेला परेका शिवलिङ्ग प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राज बहादुर डगौराले बताए ।
उनी सिगास ८ को शिवलिङ्ग स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रुपमा कार्यरत थिए ।
घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।
३० माघ २०७७, शुक्रवार १०:५७ बजे प्रकाशित












