प्रधानमन्त्री ओली निर्वाचन आयोग पुगे
प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग पुगेका छन् ।
निर्वाचनको तयारी र नेकपा विवादका विषयमा छलफल गर्न माघ १६ गते आयोगले दुवै पक्षलाई बोलाएको थियो ।
नेकपाको अर्का प्रचण्ड – नेपाल पक्ष आयोग पुगेर आधिकारिकता दाबी गरेका छन् तर प्रधानमन्त्री ओली भने आयोग गएका थिएनन् ।
संसद विघटनपछि नेकपाका दुवै समूह (ओली र प्रचण्ड – नेपाल ) ले आफूलाई आधिकारिकता दाबी गरिरहेका छन् ।
आज निर्वाचन आयोग पुगेर प्रधानमन्त्री ओलीले आफ्नो समूहलाई आधिकारिक भएको दाबी गर्ने बुझिएको छ ।
२७ माघ २०७७, मंगलवार १२:२४ बजे प्रकाशित












