Alok

दार्चुलामा खोला किनारमा पुरुषको शव फेला

दार्चुलाको नौगाडमा एक पुरुषको शव फेला परेको छ। नौगाड गाउँपालिका वडा नम्बर ६ कपडे भीरको तलको खोला किनारमा रक्ताम्य अवस्थामा पुरुषको शव फेला परेको हो।

मृतक पुरुषको पहिचान हुन सकेको छैन । स्थानीयकाअनुसार उनी भीरबाट खसेको हुनसक्ने अनुमान गरिएको छ ।

शव पहिचान तथा घटनाको अनुसन्धानका लागि होपरीगाढ प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।


२४ माघ २०७७, शनिवार १३:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु