punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

Chaupati
safha napa

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दर्ता भएको छ। सर्वोच्च अदालतमा आइतबार निवेदन पेश गरिएकोमा सोमबार अदालत खुलेसँगै दर्ता भएको हो। यो मुद्धाको पेशी सोमबार तोकिएको छ।

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको (प्रचण्ड–माधव पक्ष) को कार्यक्रममा प्रचण्डले अदालतको अवहेलना हुनेगरी अभिव्यक्ति दिएको भन्दै निवेदन दर्ता भएको हो।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि अदालतको अवहेलना सम्बन्धी मुद्दा दर्ता भएको थियो। जसमा सुनुवाइ गर्दै सर्वोच्चले ओलीलाई एक हप्ताभित्र लिखित जवाफसहित आफैं उपस्थित हुन भनेर माघ १५ गते आदेश दिएको थियो।


१९ माघ २०७७, सोमवार १२:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु