नर्वेमा कोरोनाविरुद्धका खोप लगाएका २९ जनाको मृत्यु
नर्वेमा कोरोनाविरुद्धको खोप लगाएका २९ जनाको मृत्यु भएको छ । फाइजर र बायोएनटेकले उत्पादन गरेको कोरोना खोप लगाएका व्यक्तिको मृत्यु भएको नर्वे सरकारले जनाएको छ ।
मृत्यु हुनेमा ७५ वर्षभन्दा माथिका वृद्धवृद्धा रहेको बताइएको छ । नर्वेमा नयाँ वर्ष मनाएको चार दिनपछि ७५ वर्षभन्दा माथिकालाई जोखिममा रहेको समूह मानेर पहिलो चरणको कोरोना खोप दिइएको थियो ।
नर्वेमा अहिलेसम्म ४२ हजार जनालाई खोप लगाइसकिएको छ । खोप दिएकामध्ये केहीलाई साइडइफेक्ट देखिएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको थियो । नर्वेको मेडिकल एजेन्सीले ब्लुमबर्गलाई दिएको लिखित जवाफमा भ्याक्सिनकै कारणले मृत्यु भएको उल्लेख छ ।
मृतकमध्ये अधिकांश मुटु रोगीसमेत रहेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ । यो खबरले चिन्तित भए पनि आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको नर्वे सरकारले बताएको छ ।
४ माघ २०७७, आइतवार १५:२२ बजे प्रकाशित













