सुनको मूल्य आज ७ सय रुपैयाँले घट्यो

बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला ९१ हजार आठ सयमा झरेको छ ।

सुन हिजो प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय ३० मा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ६० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।


४ माघ २०७७, आइतवार १२:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु