punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नयाँ दिल्लीमा आज नेपाल-भारतबीच वार्ता हुने

Chaupati
safha napa

भारतको राजधानी नयाँ दिल्लीमा आज नेपाल–भारतबीच वार्ता हुँदैछ ।

आज दुई देशका परराष्ट्रमन्त्रीसहितको संयुक्त आयोगको बैठक बस्नेछ । विहीबारको बैठकले पूर्वतयारीमा विविध कार्यसूचीका कार्यतालिका निर्माण तथा छलफलका विषयसूची तय गरेको छ ।संयुक्त आयोगको छैटौँ बैठक हिजोदेखि सुरु भएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल विहीबार नै दिल्ली पुगेको हो । नेपालले सीमा समस्या, व्यापार, पारवहन, ऊर्जा तथा जलस्रोत, सीमा विवाद र वार्ताको वातावरण, पूर्वाधार विकासमा साझेदारी, दुई देशीय सम्पर्क सञ्जाल विस्तार, लगानीमैत्री सहकार्य, कृषिमा दुई पक्षीय सहयोग, पर्यटनमा साझेदारी तथा दुई देशबीचको सांस्कृतिक सहकार्यका विषयमा पनि बैठकमा दुई देशका प्रतिनिधिमण्डलले बृहत्त छलफल गर्ने गरी आफ्नो कार्यसूची दुई दिनअघि नै सार्वजनिक गरेको छ ।

भारतले हिजो बिहान कार्यसूची तथा बैठकका विविध गतिविधिबारे औपचारिक रूपमा वक्तव्य सार्वजनिक गरेको हो । प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन, कोभिड खोपमा साझेदारीजस्ता विषयमा महत्त्वपूर्ण सहमति हुने नेपाल सरकारको अपेक्षा छ ।

भारतीय विदेश मन्त्रालयले जनाएअनुसार आज बिहान ११ बजे परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता हुनेछ । त्यसपछि हैदरावाद हाउसमा संयुक्त आयोगको बैठक सुरु हुनेछ । भारत भ्रमणका क्रममा मन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्तासमेत गर्नेछन् ।


२ माघ २०७७, शुक्रवार ०९:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु