Hotel Flora Long Ad

झोलामा ३२ लाख बोकेको व्यक्ति पक्राउ

स्रोत नखुलेको ३१ लाख बढी नगदसहित सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी लकडीगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले ३१ लाख ८९ हजार नगदसहित सिरहा नगरपालिका–२२ हक्पारा निवासी ३९ वर्षीय शिवनाथ यादवलाई पक्राउ गरेको हो ।

कपडाको झोलाभित्र सो रकम बोकेर ल्याएको अवस्थामा यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

आवश्यक कारबाहीका लागि बरामद गरिएको नगदसहित यादवलाई सम्पत्ती शुद्धीकरण विभाग हरिहर भवन ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जनाए ।


२६ पुस २०७७, आइतवार १७:२४ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु