punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जी न्यूजको टोली काठमाडौंमा

Chaupati
safha napa

प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ताको लागि भारतीय समाचार च्यानल जी न्यूजका सुधीर चौधरीलगायत तीनजना अहिले शनिबार दिउँसो एअर इण्डियाको उडानबाट काठमाडौं उत्रेका
छन् ।

विमानस्थलबाट सोझै बौद्धस्थित हायात होटल गएका उनीहरूले भोलि बालुवाटार पुगेर प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिने कार्यक्रम रहेको स्रोतले बताएको छ ।

जी न्यूज त्यहि च्यानल हो जसले नेपालले नयाँ नक्सा जारी गरेपछि चिनियाँ राजदूत हौ यान्छी र प्रधानमन्त्री ओलीलाई जोडेर आधारहीन समाचार लगातार प्रशारण गरेबापत नेपालभर प्रशारण बन्द हुनेमा परेको थियो ।

यसैबीच नेकपा (बहुमत) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आजै दिउँसो स्वदेश फर्कनुभएको छ । दाहाल नेपाल वायुसेवाको उडानमा नयाँ दिल्ली हुँदै आउनुभएको हो । उहाँ श्रीमती सीताको उपचारको निम्ति गत सोमबार मुम्बई जानुभएको थियो ।

साभार : जन आस्थाबाट


२५ पुस २०७७, शनिवार १८:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु