punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बच्चा जन्माउन नसकेको भन्दै पतिको हत्या

Chaupati
safha napa

भारतको राजधानी दिल्लीमा बच्चा जन्माउन नसकेको भन्दै पतिको हत्या भएको छ । जहाँ एक महिलाले आफ्नै पतिको चक्कु प्रहार गरी निर्मम तरिकाले हत्या गरेकी छिन् ।

आइतबार रातिको ३६ वर्षीया रेणुका शर्माले बच्चा जन्माउन नसकेको भन्दै आफ्ना ३७ वर्षीय पति चिराग शर्माको हत्या गरेकी छन् । हत्यापछि घर मालिकले प्रहरीलाई खबर गरेका थिए । जब प्रहरी पुग्यो त्यसबेला कोठाको भित्रपट्टीबाट ढोका बन्द थियो ।

प्रहरीले ढोका फोडेर भित्र पस्दा महिलाका पति चिराग बेहोसीको अवस्थामा पल्टिएका थिए । उनको शरीरभरी चक्कु रोपिएको थियो । रेणुका पनि बेहोसीकै अवस्थामा थिइन् ।

प्रहरीले चिरागलाई उपचारका लागि अस्पताल लगे पनि उनको मृत्यु भइसकेको छ । घटनापछि हत्या आरोपमा रेणुकाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । उनीहरु दुवै जना एकै कम्पनीमा काम गर्ने प्रहरीले बताए ।

लामो समयदेखि बच्चा नजम्मेपछि पति पत्नीबीच विवाद हुँदै आएको थियो । पत्नीले बच्चा जन्माउने नसकेको भन्दै पतिसँग डिभोर्स मागिरहेको घर मालिकले प्रहरीलाई जानकारी दिएका छन् ।

तर, चिरागले डिभोर्स दिन मानेका थिएनन् । प्रारम्भिक अनुसन्धानबाट बच्चा नजन्मेकै कारण हत्या भएको प्रहरीले बताएको छ । एजेन्सीको सहयोगबाट


२० पुस २०७७, सोमवार ११:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु