अछामका सांसद बोगटी ओली समूह तिर

अछाम क्षेत्र नं २ बाट प्रतिनिधि सभामा विजयी सांसद यज्ञ बोगटी नेकपा ओली समूह तिर लागेका छन् । आइतबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट केन्द्रीय सदस्यको सपथ लिएर उनले कित्ता क्लियर गरेका हुन् ।

यसअघि नेकपाको प्रधानन्त्री केपी शर्मा ओली समूहले उनलाई केन्द्रीय समिति सदस्य बनाएको थियो । तर, उनले सपथ ग्रहण नगरी केही समय पार्टी एकताका पक्षमा माहौल बनाउने भन्दै तटस्थ बसेका थिए ।

सांसद बोगटी तटस्थ बसेपछि अछाममा भीम रावल निकटहरुले उनी माधव—प्रचण्ड समूहमा लागेको भन्दैं प्रचार गरेका थिए । तर, बोगटी आफ्नो क्षेत्रका जनता र त्यहाँ अगुवा कार्यकर्ताहरुसँग छलफलमा थिए ।

क्षेत्रको जनमत र पार्टीका अगुवा कार्यकर्ताको मन बुझेपछि बोगटीले आइतबार सपथ लिएका
हुन् । अछाममा उनीमाथि रावल र उनी निकटहरुले पटक—पटक अन्याय गर्दै आएको बताए।


१९ पुस २०७७, आइतवार १६:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु