नालीको फोहोरमा बेवारिसे शिशुको शव फेला
उदयपुरको कटारीमा नवजात शिशुको शव बेवारिसे अवस्थामा फेला परेको छ ।
कटारी नगरपालिका वडा नम्बर ४ स्थित बसपार्क नजिकैको नालीमा भर्खरै जन्मिएको बच्चाको शव फेला परेको हो । नालीको फोहोरको बीचमा भेटिएको उक्त बच्चाको शवबारे इलाका प्रहरी कार्यालय कटारीले छानविन गरिरहेको डिएसपी हेमन्त भण्डारीले जानकारी गराए ।
शवको मुचुल्का तयार गरी पोष्टमार्टमका लागि कटारी अस्पतालमा राखेको प्रहरीले बताए । अवैध रुपमा बच्च जन्मिएपछि फालेको हुनसक्ने प्रहरीको अनुमान छ । बच्चाको आमाको पनि खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
१९ पुस २०७७, आइतवार १५:१३ बजे प्रकाशित












