punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट : उपाधि भिडन्त आज

Chaupati
safha napa

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको उपाधिका लागि आज प्रदेश १ र विभागीय टोली एपीएफबीच प्रतिस्पर्धा हुँदैछ।

दाङको लमहीमा जारी प्रतियोगिताको उपाधिका लागि भिड्ने दुवै टोली अपराजित रहँदै फाइनल पुगेका हुन् । साविक विजेतासमेत रहेको एपीएफले सेमिफाइनलमा साविक उपविजेता सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

यस्तै अर्को सेमिफाइनलमा घरेलु टोली लुम्बिनीलाई १० विकेटले पराजित गर्दै प्रदेश १ ले फाइनलमा एपीएफसँग भेट पक्का गरेको हो ।

दुवै टोलीमा राष्ट्रिय टिमका खेलाडीहरुको वर्चस्व रहेकाले आजको फाइनल खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

समूह चरणदेखि सेमिफाइनलसम्म दुवै टिमले एक पक्षीयरुपमा खेल जित्दै आएका थिए । यी दुई टिमको तुलनामा प्रदेशका अन्य टोलीहरु कमजोर देखिएका थिए ।

राष्ट्रिय टिमका कप्तान रुविना क्षेत्रीको कप्तानीमा प्रदेश १ मैदान उत्रँदैछ भने राष्ट्रिय टिमका उपकप्तान सीता राना मगरको कप्तानीमा एपीएफले खेल्दैछ । दुवै टोली उपाधि आफ्नो पक्षमा पार्ने दाउमा छन् ।


१९ पुस २०७७, आइतवार १०:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु