सशस्त्रका ६ जना एसएसपी डीआईजीमा बढुवा, को–को परे ? (नामसहित)

सशस्त्र प्रहरी बलका ६ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरिक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गरेको छ ।

बिहीबार गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले रिक्त रहेका सात डिआईजी पदकालागि ६ जना एसएसपीलाई बढुवाको सिफारिस गरिएको हो । सशस्त्रमा सात जना डिआईजीको दरबन्दी रिक्त रहेको भए पनि हाल ६ जना मात्रै बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवासमितिको भर्खरै सम्पन्न बैठकबाट सशस्त्र प्रहरीको डिआईजीका लागि कमल गिरी पहिलो नम्बरमा सिफारिस भएका छन् ।

त्यस्तै सिफारिस हुनेमा अन्य गणेश ठाडा, अभि खत्री क्रमशः दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएका छन् । त्यस्तै शम्भु सुवेदी, दुर्गा भट्टराई र कुलबहादुर नेम्बाङ डिआईजीका लागि बढुवा सिफारिस भएका छन् ।

 


१६ पुस २०७७, बिहीवार २१:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु