punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भ्रमण सकेर स्वदेश फर्क्यो चिनियाँ टोली

Chaupati
safha napa

चार दिने नेपाल भ्रमण सकेर चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरु बुधबार बिहान स्वदेश फर्केका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको टोली हिमालय एयरलाइन्सबाट आज बिहान स्वदेश फर्किएका हुन्।

चार दिने नेपाल भ्रमणका क्रममा सो उच्चस्तरीय प्रतिनिधि मण्डलले नेपालको शीर्ष नेतृत्वसँग भेटघाट गरेको थियो।

टोलीले सोहीदिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको थियो।

सोमबार नेकपाका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका थिए।

उनले मंगलबार प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। त्यसैगरी जसपा नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि सो टोलीले भेटेको थियो।

संसद विघटन गरिएको र सत्तारुढ नेकपा विभाजनतर्फ गएको अवस्थामा नेपालमा उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रमबीच चीनबाट उच्चस्तरीय टोलीले गरेको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ।


१५ पुस २०७७, बुधवार ११:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु