punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली मालपोतमा ३२ वर्षअघिकै दरबन्दी, कार्यालय सहयोगी पनि फाँटमा

Chaupati
safha napa

सेवाग्राहीको ठूलो भीड लाग्ने कैलाली जिल्ला मालपोत कार्यालयमा जनशक्ति अभावमा सेवा प्रवाहमा समस्या भएको छ । जनशक्ति अभावमा काम गर्न नसक्दा सेवाग्राही मर्कामा पर्दैआएका छन् ।

मालपोत कार्यालयमा कैलालीमा ३२ वर्षयता दरबन्दी नथपिदा कर्मचारी अभावमा सकेजति काम गर्न नसकिएको प्रमुख मालपोत अधिकृत सुरेन्द्र केसीले बताए । ३२ वर्ष अघिकै दरबन्दीमा केही करार कर्मचारी राखेर अहिले सेवा प्रवाह भइरहेको बताए । करार कर्मचारी राख्दा पनि मागअनुसार आवश्क सेवा दिन नसकिएको उनले बताए ।

उनकाअनुसार मालपोत कार्यालयमा दरबन्दीअनुसार एक जना प्रमुख मालपोत अधिकृत, तीन जना मालपोत अधिकृत, एक जना लेखा अधिकृत, १२ जना नासु, आठ जना खरिदार, दुई जना कम्प्युटर अधिकृत र सात जना कार्यालय सहयोगी छन् । त्यसमध्ये पनि १२ जना नासुमा अहिले ११ जना नासु मात्रै छन् । अहिले करारमा तीन जना सहायक कम्प्युटर अपरेटर र सात जना कार्यालय सहयोगी थप गरिएको छ ।

करार सेवा थप गरिएका कर्मचारीले पनि नपुगेर अहिले कार्यालय सहयोगीलाई पनि सक्ने काममा खटाइएको प्रमुख मालपोत अधिकृत केसीले बताए । ‘३२ वर्षअघिकै दरबन्दीको कर्मचारीले गर्ने काम र अहिले गर्ने कामको भारमा आकाश पतालका फरक भएको छ,’ उनले भने, ‘त्यो बेला मुस्किलले १५ वटासम्म लिखत हुन्थ्यो, अहिले दुई सय भन्दा बढी लिखत एकै दिनमा गर्नुपर्छ ।’

रजिस्ट्रृेशन फाँटमा धेरै सेवाग्राहीको भीड हुन थालेपछि अहिले दुई ठाउँमा राखिएको छ । दुई ठाउँबाट रजिष्ट्रसनको काम गर्दा पनि लाइन उस्तै रहेको उनको भनाई छ । ‘मालपोतमा कारोबार बढेको छ, जसले गर्दा सेवाग्राही पनि बढेका छन्,’ उनले भने, ‘तर कारोबारअनुसार जनशक्ति थप नहुँदा सेवाग्राहीलाई पनि समस्या भइरहेको छ ।’ कर्मचारी अभावमा कार्यालय सहयोगीलाई पनि काममा खटाउँदा चिया खुवाउने व्यक्ति पनि नहुने गरेको उनले बताए ।

कर्मचारी अभावमा दैनिक कामकाज प्रभावित हुनुका साथै मोठ फाँट, रजिष्ट्रेसन फाँट, कम्प्युटर फाँटमा सेवाग्राहीको भीड लाग्ने गरेको छ । बढी भीड हुने ठाउँमा कर्मचारीले काम गर्न नसक्दा सेवाग्राही आफैले पनि फाइल पल्टाउने गरेको छन् । जसले गर्दा त्यहाँ भएका महत्वपूर्ण कागजातहरु पनि हराउने जोखिम बढेको छ । ‘मालपोत कार्यालयमा काम एकैदिनमा सकौंला भनेर कसैले पनि नआए हुन्छ,’ एक सेवाग्राही प्रेम रावलले भने, ‘लाइनमै बस्दा दिन वितेको पत्तै हुँदैन ।’

उनले मालपोत कार्यालयलाई समयक्रमअनुसार वैज्ञानिक बनाउनुपर्ने बताए । कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडानपछि मालपोत कार्यालयमा सेवाग्राहीको भीड झन लागिरहेको छ । यसअघि कार्यालय परिसर भित्रै हट्ने सवारी साधन अहिले बाहिर सडक छोपिने गरि पार्किङ हुने गरेका छन् । मालपोत कार्यालयकाअनुसार अहिले जग्गा नामसारी, रोक्का, फुकुवालगायतका कामहरु बढी भइरहेको छन् ।

जिल्लाको पूर्वी क्षेत्रको जग्गाको कारोबार हेर्नेगरि टीकापुरमा पनि जिल्ला मालपोत कार्यालयका शाखा राखिएको छ । तरपनि जिल्ला मालपोत कार्यालयमा सेवाग्राहीको निकै भीड लाग्ने गरेको छ ।


१ पुस २०७७, बुधवार १५:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु