सुदूरपश्चिम प्रदेश सरकारले माग्यो ४३ इन्जिनियर तथा सब-इन्जिनियर (सूचनासहित)

सुदूरपश्चिम प्रदेश सरकारले इन्जिनियर र सबइन्जिनियरसहित ४३ जना जनशक्ति माग गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले शनिबार सूचना जारी गर्दै करार सेवामा इन्जिनियर र सबइन्जिनियर माग गरेको हो ।

जारी सूचनाअनुसार सातौं तहका १० जना इन्जिनियर, ईन्जिनियर÷बिल्डिङ एण्ड आर्किटेक चार जना, पाँचौं तहका सबईन्जिनियर/सिभिल १३ जना, सब–ईन्जिनियर/बिल्डिङ एण्ड आर्किटेक सात जना, मेकालिनकल सुपरभाइजर/सिनियर मेकानिक्स र ल्याव टेक्निसियन दुई/दुई जना र पाँचौं तहकै खानेपानी तथा सरसफाई टेक्नििसियन पाँच जनाका लागि दर्खास्त आह्वान गरिएको छ ।

मन्त्रालयले सूचना जारी गरिएको २१ दिनभित्र तोकिएको दस्तुरसहित फाराम भर्ना आग्रह गरिएको छ । परीक्षणका किसिम लिखित र अन्तरवार्ता राखिएको छ ।


२६ मंसिर २०७७, शुक्रवार १७:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु