punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशैभरका विमानस्थलको विस्तार तथा स्तरोन्नति  : मन्त्रि भट्टराई

Chaupati
safha napa

सरकारले देशैभरका विमानस्थलको विस्तार तथा स्तरोन्नति गर्ने कार्यलाई विशेष प्राथमिकता दिएको मन्त्रि योगेश भट्टराईले जानकारी गराएको छ।

पर्यटन क्षेत्रको विकाससँग गाँसिएको विमानस्थललाई विशेष प्राथमिकतामा राखेर सरकारले विमानस्थलको विस्तार तथा स्तरोन्नति कार्यलाई तीव्रता दिएको मन्त्रि भट्टरार्र्ईले जानकारी गराएको हो।

अहिले देशैभरका विमानस्थलमा विकासनिर्माण कार्यले तीव्रता लिएको छ । पर्यटनको विकासका लागि हवाई ‘कनेक्टिभिटी’ महत्वपूर्ण हुने हुँदा सरकारले विमानस्थलहरूको निर्माण, विस्तार र स्तरोन्नतिलाई तीव्रता दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशैभर विमानस्थलको विस्तार तथा स्तरोन्नति कार्यलाई सरकारले विशेष प्राथमिकता दिएको बताए ।

नेपालगञ्ज विमानस्थलमा निर्माण गरिएको जहाज पार्किङस्थलको मङ्गलबार उद्घाटन गर्दै मन्त्री भट्टराईले राजधानी बाहिरका सबैभन्दा बढी उडान हुने विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया पनि अघि बढाइसकिएको जानकारी गराए । नेपालगञ्ज विमानस्थलमा आठवटा एटीआर र चारवटा ट्विनअटर विमान सहज रूपमा पार्किङ गर्ने गरी जहाज पार्किङस्थल निर्माण गरिएको उनले बताए ।

मन्त्री भट्टराई पार्किङस्थल एयर बस ३ सय २० समेत पार्किङ गर्न मिल्ने गरी निर्माण गरिएको जनाउँदै उहाँले यसैबाट सरकारले यस विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन खोजेको प्रमाणित गरेको बताउदै सरकारले नेपालगञ्ज र विराटनगर विमानस्थललाई हब विमानस्थलका रूपमा विकास गर्न गुरुयोजना बनाएर अगाडि बढेको पनि जानकारी दिए । मन्त्रिपरिषद्ले यी दुवै विमानस्थलका गुरुयोजनालाई पारित गरिसकेको छ ।


१७ मंसिर २०७७, बुधवार ११:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु