साताको पहिलो दिनमै बढ्यो सुनको मूल्य
सुनको मूल्य आज फेरि बढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार तीन सय पुगेको छ । सुन शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँँमा कारोबार भएको थियो ।
आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने यथावत छ । आजपनि चाँदी प्रतितोला एक हजार दुई सय १० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी गत शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
७ मंसिर २०७७, आइतवार १२:२५ बजे प्रकाशित































