punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुराको खोलाको किनारमा अनुमति बिना क्रसर उद्योग सञ्चालन

Chaupati
safha napa

बाजुराको बढीमालिका नगरपालिकावडा नम्बर ८ मा अवस्थीत बाहुली खोला किनारमा अनुमतिबिना क्रसर उद्योग सञ्चालन गरेको छ । क्रसर उद्योग सञ्चालन गर्दा अनुमति लिनुपर्ने र वातावरणीय प्रभाव मुल्यांकन अध्ययन गर्नुपर्ने भएपनि कुनै प्रक्रिया पुरा नगरी उद्योग सञ्चालन गरिरहेको पाइएको हो ।

मार्तडी–कोल्टी सडक खण्डको ९ किलोमिटर कालोपत्रे जिम्मा पाएको धुलिखेल गाल्भा सेभन सेक्टर जेभिले खोलाको किनारमै क्रसर उद्योग स्थापना गरेर सञ्चालन गरेको हो ।

विगत १ वर्षदेखि सदरमुकाम मार्तडी नजिकै रहेको बाहुली खोलामा क्रसर उद्योग सञ्चालनमा ल्याइएको भएपनि बढीमालिका नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासनले नदेखे जस्तो गरेको स्थानीयले आरोप लगाएको छ ।

क्रसर उद्योग सञ्चालनका लागि बढीमालिका नगरपालिका, जिल्ला समन्वय समिति, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला प्रशासन कार्यालयबाट कुनै अनुमति लिइएको छैन् ।

क्रसर उद्योग सञ्चालन विषयमा प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले उक्त क्रसर उद्योगले प्रशासनबाट कुनै अनुमति नलिएको जानकारी दिए। ‘हामीबाट अनुमति लिनुपर्ने हो तर क्रसर उद्योगले अनुमति तथा कुनैपनि प्रक्रिया पुगाएको छैन्’ उनले भने । साथै उनले क्रसर उद्योग नदी र पुलभन्दा कम्तिमा ५ सय मिटर टाढा हुनुपर्ने बताएका छन् ।

यसैगरी बढीमालिका नगरपालिका नगर प्रमुख पदम बडुवालले पनि क्रसर उद्योग सञ्चालनका लागि कुनै निवेदन नआएको बताए । घरेलु तथा साना उद्योग कार्यालयले क्रसर उद्योग सञ्चालनका लागि सुरुमा अध्ययन गरिनुपर्ने भएतापनि बाहुली खोलामा रहेको उद्योगले कुनै अनुमति नलिएको जानकारी दिए ।

अवैध रुपमा सञ्चालनमा आएको क्रसरले दैनिक रुपमा ढुङ्गा, गिट्टी र वालुवा निकासी गरिरहदा स्थानीयलाई भुक्षय हुने चिन्ताले पिरोलेका छन । क्रसर उद्योगका कारण बाहुली खोला नजिक रहेको बस्ती र जमिन समेत बाढीको जोखिममा रहेको स्थानीयले बताए।

धुलिखेल गाल्भा सेभन सेक्टर जेभि कम्पनीका प्रतिनिधि दिप्रेन्द्र शाहिले क्रसर उद्योगका लागि अनुमति लिन बाँकी रहेको जानकारी गराउदै नगरपालिकामा निवेदन दिइएको छ, चाडै प्रक्रियामा जाने बताए ।


६ मंसिर २०७७, शनिवार १७:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु