Hotel Flora Long Ad

नेपालमा १ हजार ६७४ जनामा संक्रमण पुष्टि, कति पुग्यो संक्रमित संख्या ?

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा ६६१ महिला र १०१३ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । हालसम्म १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् भने १३०५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ९ पुगेको छ। उनीहरुमध्ये १७ हजार २०६ जना होम आइसोलेसनमा छन् भने ३३६ जनाको आईसीयू र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


६ मंसिर २०७७, शनिवार १७:५२ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु