punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमण तीव्र बनेपछि बेलायतमा लकडाउन घोषणा

Chaupati
safha napa

कोरोना भाइरस संक्रमण तीव्र हुँदै गएपछि रोकथामका लागि बेलायतमा एक महिना लामो लकडाउन घोषणा गरिएको छ ।

बेलायतमा यो दोस्रोपटक राष्ट्रव्यापी लकडाउन घोषणा हो । ब्रिटिस सरकारले गत २३ मार्चमा पहिलो लकडाउन घोषणा गरेको थियो ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार साँझ पत्रकार सम्मेलनमार्फत नोभेम्बर ५ देखि लकडाउन लागू हुने घोषणा गरेका हुन् ।

झण्डै ४ साता लामो लकडाउन डिसेम्बर २ सम्म कायम रहनेछ । नयाँ नियम लागू भएपछि मानिसहरु शिक्षा, जागिर र खाद्यान्न किनमेलका लागिबाहेक बाहिर निस्कन पाउने छैनन् ।

प्रधानमन्त्री जोन्सनले आ आफ्नो घरमै बसेर राष्ट्रिय स्वास्थ्य सेवा ९एनएचएस० र मानिसहरुको ज्यान बचाउन अपिल गरेका छन् । उनले दोश्रो लकडाउनको विकल्प नभएको बताउँदै यदि अहिले सशक्त कदम नचालिए जाडोयाममा धेरैले ज्यान गुमाउने खतरा पनि औंल्याए ।

नयाँ लकडाउनमा अत्यावश्यकबाहेक सबै रिटेल पसल बन्द रहने छन् । फरक घरका मानिसहरुसँग जमघट गर्न प्रतिवन्ध लगाइएको छ । हस्पिटालिटी क्षेत्र अन्तर्गत पब, बार रेस्टुरेन्ट बन्द रहनेछन् । तर तिनलाई टेकवे र डेलिभरी सेवा गर्न भने छुट छ ।

मनोरन्जनस्थल, रिक्रियसन सेन्टर ९जिम०, हेयर ड्रेसर, नङ बनाउने सलुन, कपडा तथा विद्युतीय सामग्रीका पसल सबै बन्द हुनेछन् । शारिरीक अभ्यासका लागि बाहिर निस्कन दिइनेछ ।

सर्वसाधारणलाई घरमै बस्न र आफ्नो क्षेत्रभन्दा बाहिर यात्रा नगर्न आह्वान गरिएको छ । जोखिममा रहेका र ७० वर्षभन्दा माथि उमेरका वृद्धवृद्धालाई बढी सतर्क रहन भनिएको छ ।

दोश्रो लकडाउनमा स्कुल, कलेज र विश्वविद्यालय भने बन्द नगराइने भएको छ । घरैबाट काम गर्न नमिल्ने अवस्थामा कामका लागि कार्यालय जान सकिनेछ । विशेषगरी उत्पादन र निर्माणको काम गर्ने कामदारका लागि बाहिर निस्कन छुट छ । ठूला सुपरमार्केट खुला रहनेछन् ।

बेलायतमा पछिल्लो समय संक्रमण बढ्दै जाँदा क्षेत्रगत रुपमा टियर वान, टु, थ्री गरि फरक तहका प्रतिबन्ध लागू गरिएको थियो । शनिबार मात्रै बेलायतमा कोभिड(१९ संक्रमित संख्या १० लाख ११ हजार नाघेको छ । विगत एक सातायता बेलायतमा दैनिक सरदर २३ हजार कोरोना संक्रमित थपिएका छन् । शनिबार ३ सय २६ जनाको मृत्यु भएसँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४६ हजार ५ सय ५५ पुगेको छ जुन युरोपमै सबैभन्दा बढी हो ।

बेलायत सरकारका वैज्ञानिक सल्लाहकारहरुले थप कडाइ नगरे डिसेम्बर सुरुतिरै अस्पतालका श्य्याहरु भरिने चेतावनी दिएका थिए ।

बीबीसीले प्राप्त गरेको एक दस्तावेजमा थप प्रतिबन्ध लागू नगरिए यहाँ अघिल्लोपटक भन्दा धेरै मानिसको मृत्यु हुने बताइएको थियो । उक्त दस्तावेजमा अहिलेकै अवस्था रहे दैनिक मृत्युदर ४ हजारभन्दा बढी हुनसक्ने उल्लेख छ । वैज्ञानिक सल्लाहकारहरुको समूह ‘सेज ग्रुप’ ले जाडो यामका बेला बेलायतमा कम्तीमा ८५ हजार मानिस मर्न सक्ने अनुमान गरेको छ ।


१६ कात्तिक २०७७, आइतवार ०८:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु