punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमसहित यी चार प्रदेशको मौसम बदली हुने

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशसहित आज देशका चार प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ ।

सुदूरपश्चिमसहित गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् ।

स्थानीय वायुको प्रभावले आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बद्ली हुने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मन्जु वासीले जानकारी दिइन् । उनका अनुसार अरु प्रदेशको मौसम भने सामान्यतया सफा रहनेछ ।

यस्तै भोलि वाग्मती प्रदेशबाहेक अरु प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली रहने तर पर्सि देशभरि नै आंशिकदेखि सामान्य बद्ली भएर पहाडी क्षेत्रको एकरदुई ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आउन थालेकाले पर्सिलाई फाट्टफुट्ट पानी पर्ने संभावना देखिएको उहाँको भनाइ छ । तर ठूलो पानी भने कतै पनि पर्दैन ।


१६ कात्तिक २०७७, आइतवार ०९:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु