punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको अत्तरियामा वेवारिसे शव फेला

Chaupati
safha napa

कैलालीको अत्तरियामा वेवारिसे शव फेला परेको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियास्थित पूर्व रोडमा रहेको  प्रतिक्षालयमा वेवारिसे शव भेटिएको प्रहरीले जनाएको छ ।

शव शनिबार साँझ नै वेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । उनकाअनुसार अन्दाजी ६० वर्षीया बृद्धको शव भेटिएको हो । शवको पहिचान हुनसकेको छैन ।

उनको शव अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ । उनलाई चिन्ने जो कोहीले परिवार वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन प्रहरीले आग्रह गरेको छ ।


१६ कात्तिक २०७७, आइतवार ०७:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु