punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमित राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

Chaupati
safha napa

कोरोना संक्रमण पुष्टि भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ।

ह्वाइट हाउसले ट्रम्पलाई उपचारका लागि वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टर लगिएको जनाएको छ। सावधानी स्वरुप ट्रम्पलाई अस्पताल लगिएको ह्वाइट हाउसको भनाई छ। ट्रम्पलाई ज्वरो आएको छ ।

उनले शुक्रबार आफू र प्रथम महिला मिलानिया ट्रम्पको कोभिड–१९ परीक्षण पोजेटिभ आएको बताएका थिए। ह्वाइट हाउसले ट्रम्पले धकान महसुस गरेको भए पनि उनको आत्मबल राम्रो रहेको बताएको छ ।

कोरोना भाइरस संक्रमणको मध्यम लक्षण ट्रम्पमा देखिएको छ । अमेरिकामा एक महिनापछि राष्ट्रपति चुनाव हुँदैछ । चुनावको मुखैमा आएर ट्रम्पमा संक्रमण पुष्टि भएको हो ।

आउँदो नोभेम्बर ३ मा हुने चुनावमा ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग प्रतिस्पर्धा गर्ने छन् ।

हालै भएको पहिलो टेलिभिजन बहसमा ट्रम्पको प्रदर्शनलाई लिएर तीव्र आलोचना भइरहेको छ। सो बहसमा अरु सबैले मास्क लगाएका थिए, तर ट्रम्पको परिवारका सदस्याले मास्क लगाउनु पर्ने नियम अनिवार्य भए पनि अस्वीकार गरेका थिए ।


१७ असोज २०७७, शनिवार ०७:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु