punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा कोरोना संक्रमित महिलाको मृत्यु, मृत्युपछि संक्रमण पुष्टि

Chaupati
safha napa

धनगढीस्थित सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत गोदावरी नगरपालिकाकी एक कोरोना सक्रमितको मृत्यु भएको छ।

नगरपालिका वडा नम्वर १२ की ३० बर्षीया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। निमोनियाकी बिरामी रहेकी महिलाको अस्पताल भर्ना भएकै दिन मृत्यु भएको हो ।

उनकाअनुसार उनी बुधवार बिहान ११ बजे अस्पतालमा भर्ना भएकी हुने भने राति ८ बजे मृत्यु भएको हो । उनको स्वाव परीक्षण गर्दा आज मात्रै कोरोना पुष्टि भएको हो । भवानी दल गणबाट सह सेनानी नवलसिंह रोकायाको कमान्डमा रहेको सेनाको टोलीले उनको शव व्यवस्थापन गरेको छ। तेघरी सामुदायिक वनमा शव व्यवस्थापन गरिएको हो।

योसंगै चार महिनाको अवधिमा सुदूरपश्चिमका २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीका १०, अछामका ५, बझाङका तीन, बाजुराका दुई, बैतडी र डडेल्धुराका एक÷एक जना संक्रमितको मृत्यु भएको हो।

 


१५ असोज २०७७, बिहीवार १७:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु