कैलालीबाट दुई लाख ५१ हजार नगदसहित २९ जना जुवाडे पक्राउ

कैलालीमा दुई लाख ५१ हजार नगद सहित २९ जना जुवाडे पक्राउ परेका छन्।

जिल्लाको जोशीपुर गाउँपालिका १, स्याउले बजारबाट दुई लाख ५१ हजार ४ सय नगदसहित जुवाडेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

स्थानीय यज्ञबहादुर बिष्टको घरमा जुवातास खेलिरहेको सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पदमबहादुर साउँद, बिरराम डगौरा, चक्रबहादुर बिष्ट, चन्द्रप्रकाश चौधरी, प्रेमसिंह बम, दिपेन्द्र मौनी, सागर चौधरी, बिनोदकुमार केसी, ज्ञानबहादुर बम, रामअवतार चौधरी, गंगालाल चौधरी, बरातीलाल डगौरा, रामबहादुर साउँद, जंजिर चौधरी, संजय चौधरी, अर्जुन चौधरी, ठग्गुप्रसाद डगौरा, तारा हमाल, यज्ञबहादुर बिष्ट, दीर्घराज जोशी, देवराज उपाध्याय, बिमलकुमार चौधरी, सुदन साउन, टेतराम चौधरी, सन्तोष हमाल, शिवराज बिनाडी, प्रकाश कोटकेनी, भिमबहादुर बम र बिनायक चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए।


१५ कात्तिक २०७७, शनिवार १०:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु