punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाको आयुर्वेद औषधिको क्लिनिकल ट्रायल हुँदै, यसरी दिइनेछ बिरामीलाई औषधि

Chaupati
safha napa

कोरोना भाइरस संक्रमण (कोभिड–१९) उपचारको लागि क्लिनिकल ट्रायल भैरहेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि आयुर्वेदिक गुणयुक्त जडिबुटीको प्रभावबारे ‘क्लिनिकल ट्रायल’ गरिरहेको छ।

कोरोना संक्रमणको कुनै उपचार वा खोप पत्ता नलागेको अवस्था विभिन्न अध्ययन तथा अनुसन्धान जारी नै छ। यस्तो अवस्थामा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि नेपालमा विभिन्न एलोपेथिक र आयुर्वेद औषधिको क्लिनिकल परीक्षण गरिरहेको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पहिलो पटक नेपालमा आयुर्वेद औषधिको क्लिनिकल परीक्षण गर्न लागेको हो। यसअघि अन्य विभिन्न अध्ययनहरु भए पनि आयुर्वेद औषधिको ‘क्लिनिकल ट्रायल’ भने भएको थिएन।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का आयुर्वेद कन्सलट्यान्ट एवं त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम), आयुर्वेद क्याम्पसका प्राध्यापक डा विष्णुदयाल पटेलको नेतृत्वमा आयुर्वेद औषधि येष्टीमधु ९जेठीमधु० र त्रिकटु (मरिच, सुठो र पिप्ला) मिश्रण गरी तयार पारिएको आयुर्वेदिक औषधिको ‘क्लिनिकल ट्रायल’ गरिरहेको छ। यो औषधि येष्टीमधु (जेठीमधु) र त्रिकटु (मरिच, सुठो र पिप्ला) मिश्रण पाउडरमा हुन्छ। जसमा बनेको काडा वा चिया बिरामीलाई दिइन्छ।

यो परीक्षण प्रदेश २ र प्रदेश ५ मा भइरहेको र एक महिनापछि यस अनुसन्धानबाट आएको नतिजा सार्वजनिक हुने डा. पटेलले जानकारी दिए।

जेष्टीमधु र त्रिकुटबाट बनेको चिया जस्तो काडा बिहान र बेलुका खाना खानुअघि संक्रमितलाई दिइने छ। यो औषधिले घाँटी खसखस हुने, चिलाउने, शरीर दुख्ने जस्ता समस्या कम गर्ने तथा भोक जगाउने काम गर्छ। कोरोना संक्रमितमा पनि यिनै लक्षणहरु देखा पर्ने भएकाले यो औषधिको परीक्षण गर्न लागिएको परिषद्ले जनाएको छ।

डा। पटेलले भने, ‘उक्त अध्ययनका क्रममा ५० जना बिरामीलाई यो औषधि दिइने छ र ५० जनालाई दिइने छैन,’ त्यसबाट आयुर्वेद औषधि लिइएका र  अन्य औषधिबाट उपचार गरिरहेका बिरामीको तुलनात्मक अध्ययन गरी कुन औषधि कति छिटो संक्रमितको नेगेटिभ रिपोर्ट आयो भनेर हेरिने छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायका अनुसार यो सयौं वर्ष पहिलादेखि नेपालमा प्रयोग हुँदै आएको औषधि हो। पहिले मानिसहरुले रुघाखोकी, श्वासप्रश्वासको समस्या हुँदा घरमा पाइने यिनै जडिबुटी प्रयोग गर्ने गर्थे।

महानिदेशक उपाध्याय भन्छन्,‘ नेपालमा पहिलो पटक क्लिनिकल ट्रायल भइरहेको छ। यसले अन्य आयुर्वेद औषधिको अध्ययनमा बाटो खुलेको छ। कोभिड–१९ को उपचारका लागि ट्रायल भइरहेको यो औषधि सामान्य र मध्यम लक्षण भएका बिरामीलाई दिने हो। संक्रमित गम्भीर छन् भने उनीहरुलाई अन्य उपचार जरुरी पर्छ।’ आयुर्वेदिक औषधि वा अन्य कुनै पनि औषधिले कोभिड–१९ निको पार्ने तथ्य अझ फेला परेको छैन।

स्वास्थ्य तथा वैकल्पिक चिकित्सा विभागले ‘नेपालमा कोभिड–१९ को रोकथामका लागि तथा व्यवस्थापनको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी निर्देशिका’ पनि जारी गरेको छ। जसमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्दतिले विभिन्न श्वासप्रश्वास तथा ज्वरो उपचार र व्यवस्थापन उपयोगी हुने उल्लेख छ।

उक्त निर्देशिकामा रोग प्रतिरोधात्मक क्षमताको विकासका लागि तुलसीको पात, सुठो, मरिच, दालचिनी, कालो किसमिसलाई खस्रो धुलो पारी २३ ग्रामको मात्रा १ कप  उमालेको पानीमा मिसाएर गुड वा कागतीको रस हाली चियाको रुपमा दिनको एक वा दुई पटक प्रयोग गर्न सकिने पनि सुझाव दिइएको छ।

विभागले कोभिड–१९ सम्बन्धमा जारी गरेको एक सन्देशमा गुडुची (गुर्जो) ५ ग्राम आधा लिटर पानीमा पकाएर आधा बाँकी रहेपछि चियाजस्तै पिउन, असुराको पात र बेसारलाई १ लिटर पानीमा पकाएर आधा बनाई पिउन, सुठो, मरिच, पिप्ला २ ग्राम र तुलसीको पात ५ वटा १ लिटर पानीमा पकाएर आधा भएपछि पिउन र तेजपात २ ग्राम, दालचिनी २ ग्राम आधा लिटर पनीमा पकाएर पिउन र नियमित योग गर्न पनि सुझाइएको छ।


१५ कात्तिक २०७७, शनिवार १०:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु