प्रधानसेनापति थापा ‘क्वारेन्टाइन’ मा
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा क्वारेन्टाइनमा बसेका छन् । उनको निवासमा कार्यरत एक भान्छेमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनी क्वारेन्टाइनमा बसेका हुन् ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको निवासको भान्छामा कार्यरत एक कर्मचारीमा शनिबार कोरोना पुष्टि भएको हो ।
थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका र मापदण्ड अनुसार नै स्वास्थ्य सजगता अपनाएर ‘सेल्फ क्वारेन्टाइन’ मा बसेको जंगी अड्डाले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।
११ असोज २०७७, आइतवार १५:४७ बजे प्रकाशित













