पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु
ललितपुरको पाटन अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भक्तपुर निवासी ५४ वर्षीया महिलाको उपचारको क्रममा आइतबार मृत्यु भएको जनाइएको छ।
महिला ज्वरो आएपछि भदौ २९ गते उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि उपचार जारी थियो ।
११ असोज २०७७, आइतवार १४:४९ बजे प्रकाशित













