सुनसहित कञ्चनपुरको डोकेबजारबाट दुईजना पक्राउ

सुनका गहनासहित कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ डोकेबजारबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

उनीहरुका साथमा प्रहरीले भारतबाट ल्याउँदै गरेको सुनका गहना गरेको जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह ९आरआइटी० र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुवै जनालाई सुनका गहनासहित पक्राउ गरेको हो ।

डोटी केआइसिंह गाउँपालिका वडा नम्बर २ का २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेललाई सुनका गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

उनका अनुसार दुवै जनाबाट ४ सय ४० ग्राम ६ सय ३० मिलीग्राम सुनका विभिन्न किसिमका तयारी गहना बरामद भएको छ । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको छ ।

 


११ असोज २०७७, आइतवार ०९:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु