punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाम र कैलालीमा गरि २१ जना कोरोना संक्रमित थपिए

Chaupati
safha napa

सुदूरपश्चिममा आज थप २१ जनामा कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पताल प्रयोगशाला र डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा छ सय २८ जनाको कोरोना परीक्षण भएकोमा ६ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। ती सबै कैलालीकै हुन् ।

उनकाअनुसार संक्रमितमध्ये धनगढी उपमहानगरपालिकाको वडा नम्बर १२ का तीनजना, वडा नम्बर ४ का एक जना र टीकापुर नगरपालिका वडा नम्बर १ का एक जना हुन् ।

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा २१२ जनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ७ पुरुष र ८ जना महिला छन् ।

संक्रमित सबै अछामको पञ्चदेवल विनायक नगरपालिकाका रहेको अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ७ सय ३६ पुगेको छ।


२ असोज २०७७, शुक्रवार १६:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु