punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पत्रकार महिला पहराई जङ्गलमा मृत फेला

Chaupati
safha napa

कैलालीको घोडाघोडी नगरपालिकास्थित कैलाली एफएममा कार्यरत एक महिला पत्रकारको मृत्यु भएको छ ।

२३ वर्षीया निर्मला पहराई घोडाघोडी नगरपालिका ५ को जङ्गलमा मृत फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । जङ्गलमा शव फेला परेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सुखडका प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए ।

आफन्तका अनुसार पहराइ भाद्र ३१ गतेबाट सम्पर्क विहीन भएकी थिइन् । दुई दिन सम्म पनि सम्पर्कमा नआए पछि असोज १ गते मात्रै आफन्तहरूले प्रहरीमा खबर गरेका थिए । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख बोहराले बिहीबार प्रहरीमा खबर आए लगत्तै खोजी कार्य सुरु भएको बताए ।

खोजी गर्ने क्रममा आफन्त र प्रहरीको टोलीले उनको शव वडा नम्बर ५ को जङ्गलमा फेला पारेको हो । उनी क्रियाशिल दलित पत्रकार कैलालीको सहसचिव पनि थिइन् ।


२ असोज २०७७, शुक्रवार १७:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु