punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप ९८० जनामा कोरोना संक्रमण, दोब्बर डिस्चार्ज

Chaupati
safha napa

नेपालमा पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । उनीहरुमध्ये २८९ जनाको मृत्यु भएको छ भने २८ हजार ९४१ जना कोरोना मुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १८१४ जना छ । यो संख्या सोही अवधिमा संक्रमित भएकाहरुको झण्डै दोब्बर हो ।


२१ भदौ २०७७, आइतवार १६:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु