स्वाथ्यमन्त्री ढकालकै परिवारमा कोरोना, मन्त्री पनि घरमै
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारमा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको मन्त्री ढकालले नै पुष्टि गरेका छन् । परिवारका सदस्यमा कोरोना देखिएपछि मन्त्री ढकाल हाल निवासमै क्वारेन्टाइमा बसेका छन् ।
उनले आफूलाई संक्रमण नभएको र घरमै बसेर मन्त्रालयको काम हेरिरहेको बताएका छन् ।
२१ भदौ २०७७, आइतवार १८:२८ बजे प्रकाशित































