देशकै पूरानो वीर अस्पतालको सेवा बन्द
वीर अस्पतालका डाक्टर र नर्स गरी एकैपटक ७१ जनामा कोरोना पोजिटिभ पाइएको सेवा बन्द गरिएको छ ।
चिकित्सकहरुमै यति ठूलो परिमाणमा भाइरस संक्रमण भेटिएपछि भोलि र पर्सीका लागि ओपिडी सेवा बन्द गरिएको हो। संक्रमित सबैलाई सबैलाई जमलस्थित एल्लो पगोडा होटलको आइसोलेसनमा लगेर राख्ने तयारी हुँदैछ ।
उपत्यकामा कोरोना संक्रमण तीब्र बनेको छ । सर्वसाधारण जनताले अझै बढी सतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।
१६ भदौ २०७७, मंगलवार २०:२३ बजे प्रकाशित































