Alok

मृत्युपछि दुई जनामा कोरोना पुष्टि

भरतपुर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूको मृत्युपछि स्वाब लिइएको हो ।

सोमबार राति गरिएको स्वाब परिक्षणमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । भरतपुर महानगरपालिका-११ का ६५ वर्षीय पुरूष , भरतपुर महानगरपालिका-११ की १८ वर्षीया युवती र पूर्वीचितवनको खैरहनी नगरपालिका-१३ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनीहरूमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । सोमबार मृत्यु भएका तीन जनासहित चितवनका मात्र मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

 


१६ भदौ २०७७, मंगलवार ०८:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु