भारतमा कोरोना संक्रमणको विश्व रेकर्ड कायम, अमेरिकालाई पनि उछिन्यो
भारतमा कोरोना संक्रमणको अर्को विश्व रेकर्ड कायम भएको छ । शनिबार भारतमा संक्रमितको संख्या अहिलेसम्मकै धेरै थपिएको छ । झन्डै ७९ हजार नयाँ संक्रमित फेला परेका छन्।
१२४ घन्टामा विश्वक कुनै पनि मुलुकमा भेटिएका संक्रमितको यो सबैभन्दा धेरै संख्या हो। यससँगै भारतमा कोभिड १९ का संक्रमितको संख्या ३५ लाख पार भएको छ।
शनिवार ७८ हजार ९ सय ३ जना नयाँ संक्रमित भारतमा थपिए। जुलाई २५ मा अमेरिकामा ७८ हजार ४ सय २७ जना संक्रमित भेटिँदा त्यो विश्वकै सबैभन्दा धेरै संक्रमित फेला परेको दिन बनेको थियो। त्यसलाई शनिवार भारतले उछिनेको हो।
कोरोना भाइरसको संक्रमण सुरु भएदेखि यताको १ सय ७४ दिनमा महाराष्ट्रमा मात्रै ७ लाख ५० हजार भन्दा धेरै संक्रमित फेला परेका छन्।
१४ भदौ २०७७, आइतवार ०७:५४ बजे प्रकाशित































