punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमितको संख्या ३४ हजार नाघ्यो, आजै थपिए ८८५ संक्रमित

Chaupati
safha napa

नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार नाघेको छ । बुधबार ९आज० मात्रै थप ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा थप ३८५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १९ हजार ५०४ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट १७५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

 


१० भदौ २०७७, बुधवार १७:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु