punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुग्यो, थप चारको मृत्यु

Chaupati
safha napa

काठमाडौं, साउन २७ । कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ । आज थप ४ जनाको मृत्यु भएसंगै ज्यान गुमाउनेको संख्या ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज थप ४ जनाको कोरोनाले मृत्यु भएको पुष्टि गरेका हुन् । डा. गौतमका अनुसार काठमाडौंको किष्ट मेडिकल कलेजमा उपचारत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ ।

धनुषा मिथिला बिहारीका ५० वर्षीय एक पुरुषको निधन भएको छ । सिन्धुपाल्चोक बाह्रबिसेका एक महाराजगन्जमा एक पुरुषको मृत्यु भएको छ । यसैगरी प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत ६० वर्षे पुरुषको पनि कोरोनाले मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

उनी विदेह नगरपालिका–८ का रहेको मन्त्रालयले जनाएको छ। यसअघि सोमबार थप चार जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।


२७ साउन २०७७, मंगलवार ११:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु