punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रौतहट जिल्ला २४ गतेदेखि सटडाउन हुने, सरकारी कार्यालय तथा बजार केही नखुल्ने

Chaupati
safha napa

रौतहट, साउन २१। छिमेकी जिल्लाहरूमा कोरोनाको संक्रमण बढेसँगै रौतहटमा पनि सटडाउन हुने भएको छ ।

रौतहटमा पनि समुदायमा संक्रमण फैलिने त्रास भएकाले जिल्लालाईनै सटडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार रौतहट जिल्ला २४ गतेदेखि ३२ गतेसम्म पूर्णरूपमा सटडाउन गरिने भएको छ ।

पछिल्लो समयमा रौतहटमा पनि समुदायमा संक्रमण देखिरहेको अवस्था छ उहाँले भन्नुभयो , मानिसहरूको आवतजावत हुनाले संक्रमण हुने जोखिम बढेकाले यो निर्णय गरिएको हो ।

हाललाई ३२ गतेसम्ममा सटडाउन गरिने निर्णय भएपनि त्यसपछि के गर्नेभन्ने बारे त्यसपछि निर्णय गरिने उहाँले बताउनुभयो । यो सटडाउन अवधिमा जिल्लाका सरकारी कार्यालय, पसल, बजार, यातायात लगायत सम्पूर्ण पूर्णरूपमा बन्द रहने उहाँले जानकारी दिनुभयो ।


२१ साउन २०७७, बुधवार ०८:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु