punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोदीले पूरा गरे २९ वर्षको संकल्प

Chaupati
safha napa

काठमाडौं, साउन २१। अध्यामा राम मन्दिरको भूमिपूजनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीबाट लखनउ पुग्दैछन् ।
उनको भेषभूषा राम रंगमा रंगिएको छ । उनले धोती र सुनौलो रंगको कुर्ता लगाएका छन् । भारतीय समयअनुसार बिहान साढे ११ बजे उनी अयोध्या पुग्नेछन् ।

कुर्ता पाइजामा लगाउने मोदीले पीताम्बरी धोती र सुनौलो कुर्ता लगाएका हुन् । उनी विशेष विमान चढेर लखनउ गएका हुन् । मोदी भारतीय समयअनुसार १० बजेर ३५ मिनेटमा लखनउ पुग्नेछन् । त्यहाँ पाँच मिनेट बसेर उनी अयोध्यातर्फ प्रस्थान गर्नेछन् ।

अनि उनले अभिजीत मुहूर्तमा उनले भूमिपूजन गर्नेछन् । त्यसपछि मन्दिरको शिलान्यास गरिनेछ । राम मन्दिरको आधारशिलामा चाँदीको शावेल र चाँदीकै डालो राखिनेछ । भूमिपूजन समारोहमा संलग्न सबैलाई लड्डुसँगै प्रसादका रूपमा चाँदीको एक सिक्का पनि दिइनेछ ।

सिक्कामा एकातर्फ राम दरबारको चित्र छ जसमा भगवान राम, सीता, लक्ष्मण र हनुमान छन् । अर्कोतर्फ राम जन्मभूमि ट्रस्टको चिह्न छ । पटनाको महावीर मन्दिर ट्रस्टले श्रद्धालुहरूलाई रघुपति लड्डु प्रसादका रूपमा बाँड्नेछ ।

लड्डुको एक लाखभन्दा बढी प्याकेट तयार पारिएको छ ।मोदी २९ वर्षपहिले अयोध्या पुग्दा एक पत्रकारले अब फेरि कहिले आउनुहुन्छ भनी सोधेका थिए । त्यतिखेर उनले मन्दिर बनेपछि आउँछु भनेका थिए । उनको यो संकल्प अहिले आएर पूरा भएको छ ।


२१ साउन २०७७, बुधवार ०६:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु