विप्लवको कार्यकर्ता हुँ भन्दै धम्क्याएर बलात्कार !
तुलसीपुर, साउन ५ । बलात्कारको ओरोपमा विप्लव नेतृत्वका नेकपाका एक जना कार्यकर्ता पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–८ दुधेना निबासी ४४ वर्षका नारायण वलीलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बर पालले जानकारी दिए ।
तुलसीपुरमा कोठा भाडामा लिएर बस्दै आएकी एक महिलालाई आफु विप्लव माओवादीको कार्यकर्ता भएको भन्दै धाक धम्की दिँदै जबरजस्ती बलात्कार गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक डम्बरपालले जानकारी दिए ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सल्यान जिल्ला सेक्रेटी तुफानले चार महिना अघिदेखि वली पार्टीको आधिकारीक कार्यकर्ता नभएको बताएका छन् । पक्राउ परेपछि प्रशासनसंग कागज गरेर छुटेकाले कुनै जिम्मेवारी नदिएर परीक्षण कालमै रहेको उनले बताए ।
५ साउन २०७७, सोमवार १०:२९ बजे प्रकाशित














