सुदूरपश्चिममा थप ४१ जनामा कोरोना पुष्टि

धनगढी, साउन ५ । सुदूरपश्चिममा आज थप ४१ जनामा कोरोना पुष्टि भएको छ। आज डडेल्धुरा र धनगढीमा भएको परीक्षणमा ४१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले डडेल्धुरामा भएको परीक्षणमा डोटीका ४० जनामा संक्रमण पुष्टि भएको बताए। डोटीको शिखर नगरपालिकाका क्वारेन्टाईनमा रहेका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा भने आज एक जनामा मात्रै कोरोना पुष्टि भएको छ। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ५ की १५ बर्षीया बालिकामा कोरोना पुष्टि भएको बताए।

आज ४१ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या चार हजार ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताए। संक्रमण पुष्टि भएका एक हजार ६ सय ७९ जना निको भएर घर फर्किएका छन् भने ८ जनाको मृत्यु भएको छ।


५ साउन २०७७, सोमवार १२:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु