भारतमा थपिए हालसम्मकै बढी कोरोना संक्रमित

काठमाडौं, साउन ५। भारतमा हालसम्मकै सबै भन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ४० हजारभन्दा बढीमा व्यक्तीमा कोरोना पुष्टि भएको हो।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिन ४० हजार ४२५ जना संक्रमित थपिएका हुन्।यो सँगै भारतमा संक्रमितको संख्या ११ लाख १८ हजारभन्दा बढी पुगेको छ भने हालसम्म संक्रमितमध्ये ७ लाख निको भइसकेका छन्। साथै संक्रमितमध्ये हालसम्म २७ हजार ४९७ को मृत्यु भइसकेको छ।

हाल भारत कोरोना प्रभावित विश्वमा तेस्रो राष्ट्र हो । भारतभन्दा बढी प्रभावित अमेरिकामा ३८ लाखभन्दा माथिको संख्या छ भने ब्राजिलमा २० हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ।


५ साउन २०७७, सोमवार १०:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु