कर्णालीमा थप ७ जनामा कोरोना पुष्टि
सुर्खेत,साउन २। कर्णाली प्रदेशमा विभिन्न जिल्लामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा दैलेखका ५ जना तथा रुकुम पश्चिम र सल्यानका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
यो सहित कर्णाली प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ७३३ पुगेको छ।
यस्तै शुक्रबार ५ जना डिस्चार्ज भएका छन्। योसहित कर्णालीमा डिस्चार्ज हुनेको संख्या १ हजार ४९३ पुगेको छ।
प्रदेशमा हालसम्म कोरोनाबाट ६ जनाको मृत्यु भएको छ।
२ साउन २०७७, शुक्रवार ०९:०३ बजे प्रकाशित













