punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप एक सय १८ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

धनगढी,असार ११ । सुदूरपश्चिममा थप एक सय १८ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरी आज एक सय १८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ।

आज सबैभन्दा बढि कञ्चनपुरमा ६० जना, बझाङमा १८ जना, अछामका १३ जना, डडेल्धुराका १२ जना, बाजुराका ८ जना, कैलाली र बैतडीका तीनरतीन जना र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कञ्चनपुरका ११ महिला र ४८ पुरुष गरी ५९ जना, अछामका चार महिला र नौँ पुरुष गरी १३ जना, बैतडीका एक पुरुष, बझाङका तीन महिला र १३ पुरुष गरी १६ जना, बाजुराका दुई महिला र दुई पुरुष गरी चार जना, डडेल्धुराका एक महिला र ११ पुरुष गरी १२ जना र कैलालीका दुई पुरुषमा कोरोना पुष्टि भएको छ।

यस्तै सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशाला भएको परीक्षणमा बझाङका दुई जना, बैतडी, दार्चुला र कैलालीका एकरएक जनामा कोरोना पुष्टि भएको उनले बताए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा जुम्लामा भएको परीक्षणमा बाजुराका चार पुरुष, बैतडी र कञ्चनपुरका एकरएक पुरुषमा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए। योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या एक हजार ६ सय ६७ पुगेको छ।


११ असार २०७७, बिहीवार ११:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु