punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा थप ४५१ जनामा कोरोना संक्रमण

Chaupati
safha napa

काठमाडौं,असार १ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा चार सय ५१ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । सोमबार आयोजित मन्त्रालयो नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा चार सय ५१ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए । जसमध्ये चार सय १६ पुरुष र ३५ महिला रहेका छन् ।

उनकाअनुसार नयाँ संक्रमित हुनेहरुमा मोरङका २२, पर्साका १०, रौतहटका १०२, तनहुँका ५, अछामका ३, कैलालीका ३, डोटीका ४, बाँकेका ५, बर्दियाको १६, प्युठानका ३, दैलेखका ९३, महोत्तरीका ३०, धनुषाका ४, नुवाकोटका ३, अर्घाखाँचीका ३, चितवनका १, गुल्मीका ९, रुपन्देहीका १२, सुनसरीका ३, झापाका १, सुर्खेतका १९, रोल्पाका ४, काठमाडौंमा ४, ललितपुरका १, दाङका ९, बाराका १, कपिलवस्तुको १, पाल्पाका १०, सर्लाहीका २३ र सिरहा ४ रहेका छन् ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ । जससध्ये पाँच हजार सात सय ४० पुरुष र चार सय ७१ महिला रहेका छन् । पछिल्लो २४ घण्टामा ६७ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या एक हजार ४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेमा ६० पुरुष र ७ महिला रहेका छन् । हालसम्म डिस्चार्ज हुनेमा ९३७ पुरुष र एक सय चार जना महिला रहेका छन् । हालसम्म कोरोनाका कारण १९ ज्यान गुमाएका छन ।


१ असार २०७७, सोमवार ११:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु