जेठ २० सम्म लकडाउन थप्ने सरकारको निर्णय

काठमाडौं ,जेठ ४। सरकारले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरेको लकडाउन जेठ २० सम्म निरन्तरता दिने भएको छ । आज प्रधानमन्त्री सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० जेठसम्म लकडाउन थप्ने निर्णय गरेको हो । पछिल्लो पटक थपेको लकडाउन भोलि राति सकिदै छ ।

यसअघि आज नै कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन बढाउँदै थप कडाइ गर्न सरकारलाई सिफारिस गरेको थियो ।  

नेपालमा हालसम्म १ सय ९५ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३६ जना उपचारपछि घर फर्किँदा २ जनाको मृत्यु भएको छ । 


४ जेठ २०७७, आइतवार १४:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु